नोट परिवर्तनका कारण नेपालबाट पढ्न पुगेका यी विद्यार्थीको समस्या सुन्नुहोस्...(भिडियो)
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको अचानक निर्णयका कारण भारतमा नोटकै बिषयलाई लिएर हंगामा भैइरहेको छ । मानिसहरु आफ्नो काम नै छाडेर पैसा साट्नका लागि लाइनमा बस्ने गरिरहेका छन् । कतिपयले यो निर्णयलाई स्वागत गरेका छन् भने कतिपयले यसको बिरोध समेत गरेका छन् ।
यो निर्णयका कारण भारतमा मात्र नभइ नेपालमा पनि निकै तनावको स्थिती सृजना भएको छ । नेपाल लगायत नेपालबाट भारत पढ्नका लागि पुगेका धेरै नेपालीहरुलाई समेत यो अप्ठ्यारो स्थितिको सामना गर्नुपरेको छ । नोट साट्नको लागि भारत सरकारको कुनै पनि परिचय पत्र आवश्यक हुने भएकाले पनि निकै गाह्रो परिरहेको बताउँछन् ।
कतिपय नेपालीहरु नेपालको कुनै बैंकमा एकाउण्ट खोलेर सोहि बैंकले दिएको एटीएम कार्डको सहायताले पैसा निकाल्ने गरिरहेको भए पनि एटीएममा पनि मानिसको भिडले गर्दा अफ्ठ्यारो स्थिति भएको छ । जुन समस्या बारे बिबिसी हिन्दीले गरेको फेसबुक लाईभ भिडियो । हेर्नुहोस् भिडियो नेपालबाट पढ्ने भारत पुगेका नेपाली विद्यार्थी के भन्छन्

No comments