Header Ads

१ जनाको हत्याको बदला लिन पाकिस्तानी आर्मीले उडाइदिए पुरा बजार...

पाकिस्तानी आर्मीका एक अधिकारीको हत्याको बदला लिनको लागि सामूहिक सजाँय भन्दै अधिकारीहरुले आतङ्कवाद प्रभावित दक्षिण बजीरिस्तानको एक स्थानिय बजारलाई नै डाइामाइटले उडाइदिएको छ ।

सम्बन्धित अधिकारीहरुले यो कुराको जानकारी दिएका छन् । राजनीतिक एजेन्ड जफरूल इस्लाम खटकले भनेका छन् कि दक्षिण वजीरिस्तानको मुख्यालय बानामा स्थित रुस्तम बजारलाई स्थानीय कानूनका आधारमा तहसनहस गरिएको छ ।

खटकका अनुसार सीमान्त अपराध नियमन (एफसीआर)को सामूहिक एवं क्षेत्रीय जिम्मेदारी सन्बन्धी प्रावधानका अनुसार शुक्रवार यो कारवाही गरिएको छ ।  पहिलै देखी भएको स्थानीय कानून र परम्पराको आधारमा ब्रिटिश उपनिवेशवादिहरुले एफसीआर लागू गरेका थिए । धेरै बर्ष अगाडी नै  स्थानीय पख्तून आबादीलाई अनुशासित बनाउनको लागि अंग्रेजहरुले यस्तो कदम उठाएका थिए ।

वरिष्ठ सैन्य अधिकारी मेजर इमरान मंगलवारको दिन एक तलाशी अभियानका क्रममा बजारमा भएको धमाकामा मारिएका थिए । इस घटनामा अन्य १० जना घाईते पनि भएका थिए । त्यसपछि स्थानीय अधिकारिहरुले वाना बाजारमा कर्फ्यू समेत लगाएका थिए । जसकारण ६ हजार भन्दा बढी दुकानहरुमा ताला लगाउन परेको थियो ।


यो पनि हेर्नुहोस्
Amazing and Courageous event with JCB - Manang, Nepal

No comments

Powered by Blogger.