Header Ads

चाइनाको डाक्टरले हातमा कान उमारेर टाउकोमा जोड्न सफल (भिडियो सहित)

हामीहरु अनौठो तथा डूप्लिकेट सामानहरु भन्नासाथ चाइनालाई सम्झने गर्दछौ । किनभने उनिहरु कुनैपनि सामग्रीलाई धेरै क्वालिटिमा बनाउन सक्षम छन् । शायद बजारमा कुनै त्यस्तो सामान छैन जुन चाइनीज नभएको होस् । यस्ता धेरै कुराहरुमा चाइनाले व्यापक प्रगती गरिरहेको छ । केहि समयमात्र अगाडी चाइनाले युद्धका बेला सेनाहरुलाई भ्रममा पार्नको लागि आकाशमा बजार नै देखीने खालको प्रविधीको विकास गरेको खबर सुनिएको थियो । तर फेर अहिले एउटा शल्यक्रियाको समाचार व्यापक भएको छ ।

हामीले टुक्रिएको हात जोडेको सुनेका छौ तर यहाँ हातमा नै कान उमारेर टाउकोमा जोड्न सफल भएका छन् चाइनाका डाक्टरहरु । जुन समाचार सोसल मिडियाहरुमा निकै भाइरल भैरहेको छ । एक व्यक्ति जसको भयानक सडक दुर्घटनामा दाहिने कान गुमाएको थियो । कुरुप भएको शरिरको अंगलाई जस्ताको तस्तै बनाउन उ जुनसुकै मूल्य तिर्न तयार थियो । पछि एक्जाएन हस्पिटलका डाक्टर ग्व सुजुख्व ले नयाँ कान बनाउनको लागि उसको कानबाट कार्ट्रिलेज निकालेर हातमा राखी नयाँ कान उत्पादन गरी टाउकोमा सफलतापूर्वक राख्न सफल भए ।

हेर्नुहोस् भिडियो

No comments

Powered by Blogger.