Header Ads

OMG !! लौ हेर्नुहोस् बजारमा आयो दुर्घटना नहुने बाइक... (भिडियो सहित)

दैनिक सवारी साधनकै कारणबाट धेरै मानिसहरुले ज्यान गुमाउने गर्दछन् । त्यसैलाई ध्यानमा राख्दै संसारमा लामो समय देखी महंगा महंगा सवारी साधनहरु बनाउँदै आएको जर्मन अटो मेकर विएमडब्लुले एउटा यस्तो मोटरसाइकल बजारमा ल्याएको छ । जुन मोटरबाईक दुर्घटनानै नहुने भनिएको छ । उक्त मोटरबाइकको नाम बिएमडब्लु मोटोरैड विजन १०० दिएको छ ।

यो बाइक चलाउँदा जतिसुकै तिव्र गतिमा चलाए पनि दुर्घटना नहुने कम्पनीले दाबी गरेको छ । यो बाइकको बिशेषता भनेको सडकमा नचिप्लिने र नलड्ने भएकाले नै दुर्घटना नहुने भनिएको हो । यो बाइकमा बिभिन्न किसिमका अटो सेन्सर राखिएका कारण चालकले जस्तो किसिमको अवस्थामा चलाएपनि अटो सेन्सरले काम गर्ने हुनाले दुर्घटनाबाट बच्न सकिनेछ । अन्य बाइकमा जस्तो बाइक चलाउँदा अनिवार्य रुपमा हेलमेट पनि लगाउनु नपर्ने कम्पनीले बताएको छ ।

हेर्नुहोस् भिडियोमा पनि

No comments

Powered by Blogger.