नयाँ शक्तिमा एमाओवादी काभ्रेका उपाध्यक्ष सहित प्रभावशाली नेताहरु
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति अन्तरिम केन्द्रीय परिषद् निकट मानिने एमाओवादी काभ्रे जिल्ला कमिटिका प्रभावशाली नेताहरुले हिजोबाट नयाँ शक्तिमा लाग्ने उद्घोष गरेका छन् ।
हिजो बिहान ११ बजे पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले औपचारिक रुपमा नयाँ शक्तिमा लागेको घोषणा गर्ने जानकारी दिएको हो । भट्टराईका विश्वासिला पात्र मानिने एमाओवादी काभ्रेका उपाध्यक्ष अक्कल बहादुर थिङ(महेश) सहितका दर्जनौँ नेता कार्यकर्ताले आजबाट नयाँ शक्तिमा लागेको घोषणा पत्रकार सम्मेलनमार्फत गर्ने जनाइएको छ ।

No comments