अब नेपालीहरु जापानबाट सिधै अमेरिका जान सक्ने
जापानमा रहेका नेपालीहरु अब सिधै अमेरिका जान पाउने भएका छन् । अधिकांश नेपाली र विदेशीहरुको समेत सपनाको देश रहेको अमेरिका जान अब जापानबाट सुर्या कर्पोरेसन जापानले सहयोग गर्ने भएको हो ।
जापान वा स्वदेशबाट स्नातक तहको पढाई पुरा गरेकाहरुलाई जापानमा कामको लागि स्युस्योकु भिजा दिलाउने कार्य गर्दै आईरहेको कर्पोरेसनले यसपाली टुरिस्ट, बिजनेस र स्टुडेन्ट भिजामा अमेरिका जाने प्रक्रियाका लागि जापानको फुकुओका, हिरोसिमा, ओसाका, सिजिओका, नागोया र टोकियो लगायतका स्थानमा छुट्टाछुट्टै सेमिनार समेत गर्ने भएको छ ।
जापानमा कुनैपनि भिषामा रहेका भाषा विद्यार्थी, कुक, डिपेन्डेन्ट, बिजनेशम्यान जो कोही विदेशीले पनि जापानबाट अमेरिका जानका लागि कानुनी रुपमै आवेदन दिन सक्ने सुर्या कर्पोरेसनले जनाएको छ ।
अन्य मुलुकबाट अमेरिका जान चाहेपनि सम्भावना कम भएकाले उक्त सम्भावना अब जापान आएका विदेशीहरूका लागि भने प्रक्रिया पुर्याएमा त्यति कठिन नरहेको कर्पोरेसनका निर्देशक बासुदेव लामिछानेले बताए ।
अमेरिका पठाउने पूर्वतयारी, प्रक्रियालगायतका विषयमा जानकारी दिन आयोजना गरिने सेमिनारको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिंदै उनले भिसा प्रक्रियाको लागि आवश्यक बैंक ब्यालेन्स, इन्भिटेसन, ग्यारेन्टर, स्पोन्सर देखि अन्तरवार्तासम्म सम्पूर्ण कागजपत्र बनाउने प्रक्रियामा सहयोग गर्ने कर्पोरेसनले बताएको छ । मात्र १५ दिनको प्रोसेसिंग अबधि रहेको र नयां वर्ष २०१६ को जनवरी १ बाट कर्पोरेसनमा सम्पर्क गरि प्रक्रियाको सुरुवात गर्न सकिनेछ ।
जापानको जुन कुनै स्थानमा रहेताकाहरुले पनि आवश्यक कागजात कम्पनीको ठेगानामा पोष्ट गरेमा सम्पर्कको माध्यमबाट सजिलै प्रोसेसिङ गरी ५ वर्षको भिषा आवेदन दिन सकिनेछ ।

No comments