Header Ads

प्रहरीको चेकपोस्टमा आक्रमण, पाँच प्रहरीको हत्या

इजिप्टको सिनाई प्रायद्वीपमा रहेको एक प्रहरी चौकीमा अज्ञात बन्दुकधारीले आक्रमण गरी कम्तीमा पनि पाँच जना प्रहरीको हत्या गरेका छन् । इजिप्टको गृहमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी गराएको हो ।

प्रहरी जाँच चौकीमा गरिएको सो आक्रमणको जिम्मेवारी भने कसैले लिएको छैन । उत्तरी सिनाईमा भएको सो हमला इस्लामिक स्टेटसँग सम्बन्धित एक समूहले गरेको अनुमान प्रहरीले गरेको छ । तर सो समूहले जिम्मेवारी भने लिएको छैन । उत्तरी सिनाईमा रहेको अल एरिस क्षेत्रको प्रहरी चौकीमा सो हमला भएको थियो । उक्त हमलापछि प्रहरी र बन्दुकधारीबीच घण्टौँसम्म भिडन्त भएको थियो । सो भिडन्तमा परी पाँच प्रहरीको ज्यान गएको र अरू केही घाइते भएका छन् ।

सिनाईमा गत वर्षदेखि नै यस्ता आतङ्ककारी हमला हुने गरेको छ । पूर्व राष्ट्रपति मोहम्मद मोर्सीलाई जेल हाली सैनिकले शासन हातमा लिएपछि त्यहाँ हिंसा बढेको हो ।


No comments

Powered by Blogger.