Header Ads

एउटा यस्तो भयानक दुर्घटना, निकैबेर तड्पिरहे पनि कसैले केही गरेनन्...

भारत मध्य प्रदेशको खण्डवामा भएको एक दर्दनाक दुर्घटनामा बस र बिजुलीको खम्बाको बिचमा फँसेका एक युवक तड्पी तड्पी यस संसारबाट बिदा भए । बसमा ३० भन्दा बढी व्यक्तिहरु थिए । उक्त युवक लामो समयसम्म तड्पिएका थिए तर कसैलेपनि उनलाई चाहेर पनि मद्दत गर्न सकिरहेका थिएनन् ।

जायसवाल बस सर्विसको एमपी-३७ पी-०११९ नम्बरको बसले  खण्डवा देखी मून्दी तर्फ जाने क्रममा थियो । पुलिया भन्ने ठाउँमा जाम भएको देखेर ड्राइवरले आफ्नो नजिकै बसेको सचिन लाई अोर्लीएर टायर पछाडी ढुङ्गा राख्न लगाए ता कि गाडी पछाडि तर्फ नजाओस् । उक्त बसमा कुनै हेल्पर नभएका कारण ड्राइभरले उनलाई लगाएका थिए । उनि ड्राइभरका साथी पनि थिए । त्यहि कारण पनि उनि ‌‍ओर्लीएर ढुङ्गा राख्न के खोजेका थिए अचानक गाडिको ब्रेक फेल भयो र पछाडि सर्न थाल्यो । उनको गर्दन बस र एउटा पोलको बिचमा गएर अड्कीयो । उनि चिच्याउन थाले उनको आवाज सुनेपछि सबैजना ओर्लीएर हेर्दा सबैको होस नै उड्यो ।


एक प्रत्यक्षदर्शी अलीमका अनुसार, सचिन यस्तो तरिकाले फँसेका थिए कि उसलाई बचाउन के गर्ने कोहि केही सोच्न सकिरहेका थिएनन् । उनको हात, पेट र मुखबाट रगत निस्किरहेको थियो । केहि समयपछि उनी यस संसारबाट बिदा भए । त्यसपछि त्यहाँ भएको भिडले बसमाथी ढुंगा मुढा गर्न थाले । पछि पुलिस आएर उक्त भिडलाई नियन्त्रत गरी एक जेसीबी द्वारा बसलाई साइड लगाइ उनको शव निकालिएको थियो । पुलिसले बसलाई जफत गरेको छ भने ड्राइवर अनवरलाई गिरफ्तार गरेको छ ।

No comments

Powered by Blogger.