Header Ads

फालिएको प्लास्टिक कपबाट पिरामीण बनाएर वल्ड रेकर्ड...(भिडियो सहित)

भारतको नई दिल्ली दिल्ली विश्वविद्यालय छात्रहरुले ५७ हजार प्लास्टिकको कपको प्रयोग गरि पिरामिड तयार गरेर गिनीज बुक अफ वल्ड रिकर्डमा आफ्नो नाम दर्ता गरेका छन् । २२ फीट अग्लो यो पिरामिडलाई विश्वविद्यावलयको हंसराज कलेजका केही विद्यार्थीहरुले मिलेर बनाएका हुन् । यो भन्दा पहिला मेक्सिकोका एक व्यक्तिले ४२ हजार ३ सय ९५ प्लास्टिक कपको प्रयोग गरेर पिरामिड तयार गरेका थिए । अब उक्त रेकर्ड तोडिएको छ ।

छात्र कुशाग्र तायलले यो नयाँ रेकर्ड बनाएका हुन् । उनको उक्त टिममा हंसराज कलेजका २१ छात्रहरुले सहयोग गरेका थिए । यो पिरामीण त्यागराज स्पोट्र्स कम्पलेक्समा तयार गरिएको थियो । गिनीज बुकका अधिकारीहरुले यसलाई जाँच गरि नयाँ रेकर्ड भएको पुष्टि गरेका थिए ।

पिरामीण बनाउने उक्त टीमकै एक सदस्य भन्छन् कि यो देशको लागि गर्वको बिषय हो । हामीहरुले कडा मेहनत गरेका छौ । कतिपय रातहरु कलेज मै बिताएका थियौं । कलेजका शिक्षकहरुको पनि यसमा निकै सहयोग भयो । हामी सबैलाई पुरानो सामानबाट केही नयाँ इनोभेटिभ गरिरहनु पर्ने ता कि यस्ता सामानहरु बेकार नजाने समेत बताउँछन् । हेर्नुहोस् भिडियो कस्तो बनेको थियो उक्त प्लास्टिक कपको पिरामीण :-


No comments

Powered by Blogger.