Header Ads

अनिल कपुर आफ्नो छोराको कुरा गर्दा आँखाभरी आँसु लिदै यसो भन्छन्...(Watch Video)

बलिउडका स्टार अनिल कपूरको छोरा हर्षवर्धनको फिल्म मिर्जियाको चारैतीर निकै प्रचार प्रसार भैरहेको छ । हालै मात्र उक्त फिल्मको म्यूजिक लन्च गरिएको छ । जस क्रममा आफ्नो छोराको बारेमा बोल्दै अनिल कपुरको आँखामा आँसु आयो र बोल्दा बोल्दै अचानक रोकिए ।

उनि भन्छन् कि कुन तरिकाबाट कपूर परिवारले बलिउडमा आफ्नो स्थान बनाएको छ । अनिल भन्छन् कि कपूर परिवारले कडा मेहनत पछि मात्र यो स्थान हासिल गरेको हो । मेरो लागि आज खुसीको दिन हो कि मेरो छोरा आफ्नो पहिलो फिल्ममा डेब्यू गरिरहेको छ ।

अनिल कपूर भन्छन् छोरा होस् त यस्तो, तर उ मेरो कुनै पनि कुरा सुन्दैन । अनिल कपुरले हर्षवर्धनलाई आफै फिल्म रोज्न स्वतन्त्र गरेका थिए । यस बारेमा अनिल भन्छन् कि मेरो छोराले उसको आफ्नै दममा यो फिल्म पाएको यसमा हामीले कुनै किसिमको सम्झौता नगरेको समेत बताएका थिए ।

उनले दर्शकसँग जुन माया दर्शकले मलाई दिनुभयो त्यस्तै माया उनको छोरालाई पनि दिनुहोस् भन्दै अपील पनि गरेका थिए । साथै अनिलले हर्षवर्धनको फिल्ममा उनलाई लिएको कारण राकेश ओमप्रकाश मेहरालाई पनि धन्यवाद दिए ।




No comments

Powered by Blogger.