Header Ads

राजेन्द्र महतोले कुटाइ खाँदा भारतमा यस्तो अाक्रोश, भारतले दियो यस्तो धम्की

विराटनगरको रानी भन्सार नाका अबरोध गर्ने क्रममा प्रहरीसँगको झडपमा घाइते भएर उपचाररत मधेसी मोर्चाका नेता राजेन्द्र हमतोमाथि हमला गर्नेलाई भारतले पनि प्रतिहमला गर्ने भएको छ । भारतीय सञ्चार माध्यमहरुले पनि उनलाई कुटपीट गर्नु भारतमाथि आक्रमण गरेसरह भन्दै समाचार लेखेका छन् ।

भारतीय जनता पार्टीका नेताहरुले समेत उनीमाथि गरिएको आक्रमणका कारण नाकाबन्दी बढ्ने बताउन थालेका छन् । भारतीय जनता पार्टीका सांसदहरुले महतोमाथि भएको घटना छानविन गरि दोषीमाथि कारबाही गर्नुपर्ने बताउन थालेका छन् । भाजपा सांसद यदुवंश झाले त उनीमाथि आक्रमण गर्ने प्रहरीलाई निलम्वन गर्नका लागि माग गर्नुपर्ने बताएका छन् । यस्तै भारतीय जनता दलका अलवा बिहारका विभिन्न राजनीतिक दलहरुले पनि घटनाको विरोध गरिरहेका छन् ।


No comments

Powered by Blogger.