नेपाल दुरसंचार प्राधिकरणले एलनसेललाई कारबाही गर्यो
बिना अनुमति अप्टिकल फाइबर प्रयोग गरी दूरसञ्चार सेवा प्रदान गरेकोमा नेपाल दूरसञ्चार प्राधिकरण (NTA) ले एनसेललाई कारबाही गरेको छ । सेसन इनिसेसन प्रोटल (सिप) मार्फत २९ वटा कल सेन्टरलाई दूरसञ्चार सेवा सञ्चालन गर्न दिएकाले दूरसञ्चार प्राधिकरण ऐन, २०५३ को दफा ४७ को (२) अनुसार निजी क्षेत्रको टेलिकम्युनिकेसन कम्पनी एनसेललाई कारबाही गरिएको हो ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार एनसेलले अवैधरुपमा दूसञ्चार सेवा सञ्चालन गरेकाले उक्त सेवा तत्काल बन्द गर्न र नियम अनुसार रु पाँच लाख जरिवाना तिर्न प्राधिकरणले कम्पनीलाई निर्देशन दिइसकेको छ ।
एनसेलले जिएसएम मोबाइल तथा इन्टरनेट–इमेलका लागि मात्र लाइसेन्स लिएको छ । एनसेलले गैरकानुनीरुपमा ‘बेष्ट क्वालिटी भ्वाइस सर्भिस ‘भिओआइपी’ प्रयोग गर्दै आएको पाइएको प्रवक्ता अर्यालले राससलाई जानकारी दिए । - इकान्तिपुर

No comments