Header Ads

मधेस नै पुगेर प्रधानमन्त्री केपी शर्मा अोली यसरी गर्जीए

लामो समय देखी भैरहेको मदेशी अान्दोलनका बारे बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनका नाममा हुने अराजक गतिविधि सहेर नबस्ने बताएका छन् । सुनसरीमा एमाले जिल्ला कमिटि परिषद्को कार्यक्रममा पुगेका प्रधानमन्त्री ओलीले आन्दोलनका नाममा जनतालाई दुख दिने, अनावश्यक तोडफोड गर्ने र देशका विरुद्ध अभिव्यक्ति दिनेहरुलाई नछाड्ने बताएका हुन् ।

ओलीले देशका विरुद्ध बोल्नेहरुले धेरै बोलेको भन्दै अब सहन नसक्ने बताए । प्रहरीमाथि आक्रमण गर्ने, प्रहरीलाई बम हान्ने चौकी आगजनी गर्नेकाम कसरी शान्तिपुर्ण आन्दोलन भन्दै ओलीले अब आइन्दा यसतो गर्नेलाई कडा कानुनी कारबाही गर्ने बताए । प्रधानमन्त्री ओलीले झापा, मोरङ र सुनसरीलाई प्रदेश एक बाट दायाँ बायाँ गर्न नसक्ने बताए ।





No comments

Powered by Blogger.