Header Ads

भारतका प्रधानमन्त्री मोदीले राखेका पाँच गोप्य पाँच शर्तहरु हेर्नुहोस्

नेपालका परराष्ट्र मन्त्री कमल थापाले मोदी लगाएतका भारतीय नेताहरुलाई फकाएर दशैंको वेलामा भएपनि नाकावन्दी खुलाउने प्रयास गरे । तर भारतीय नेताहरुले कर्यौ शर्तहरु राखे । भारतीय विदेश सचिववाट शुरु भएको भेटघाटमा अनेकौं विषयमा छलफल भए । भारतीय पक्षले अनेकौं सवालहरु राखे । नेपाली अधिकारीहरुले सके सम्म फकाउन अनेकौं प्रयास गरे । परराष्ट्रमन्त्री कमल थापाले एक पछि अर्को गर्दै भारतीय विदेशमन्त्री, भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार, भारतीय गृहमन्त्रीलाई भेटेर फकाउने प्रयास गरे । तर उनीहरु सबैले आफ्ना अडानहरु विविध ढंगले राखे ।

आफ्ना कुराहरु पूरा नभए सम्म नाकावन्दी खोल्ने आदेश मोदी स्वयम्ले नै नदिएको उनीहरुले वताएपछि कमल थापाले आफ्नो सबै सम्पर्क सूत्रहरु प्रयोग गरेर मोदी संग नै भेटघाटको समय मिलाए । कम्तिमा दशैंको वेला भएपनि नाका खोलीदिन थापाले मोदीलाइ आग्रह गरे । तर मोदीले पनि सो कुरालाई ठाडै इन्कार गरे । व्यक्तिगत रुपमा मोदीले कमल थापालाई हार्दिकता देखाएपनि नेपालमा भारतीय स्वार्थको मामिलामा कडा रुपमा आफ्ना अडानहरु र शर्तहरु मोदीले थापा समक्ष राखे ।

पहिलो शर्त:
राष्ट्रपतिमा मधेशी मोर्चाका संयोजक महन्थ ठाकुरलाई निर्विरोध निर्वाचित गर्नु पर्दछ ।

दोश्रो शर्त:
तराईका सम्पूर्ण जिल्लाहरुमात्र राखेर तराई मधेशमा दुई प्रदेश वनाइनु पर्दछ । यो सम्भव नभए पूर्वी मधेशमा कोशी नदीको दुबैतिरको जिल्ला दुई नम्बर मधेश प्रदेशमा राखिनु पर्दछ र पश्चिम तराईको पाँच नम्बर प्रदेशमा कर्णाली नदीको दुबैतिरका जिल्ला राखेर वनाइनु पर्दछ ।

तेश्रो शर्त: 
केन्द्रीय संसदमा तराईको जनसंख्याको आधारमा बहुमत सांसद संख्या हुनु पर्दछ ।

चौथो शर्त:
नेपालको नदीनाला र ठुला ठेक्काहरुमा भारतीय कम्पनिलाइ प्राथमिकता दिइनु पर्दछ । भारतीय कम्पनीहरुले नसक्ने र नचाहने काम मात्र अरुलाई दिनु पर्दछ ।

पाँचौ शर्त: 
नेपालका ठुला र मझौला नदीहरुमा उच्च वाँध वनाएर पानी जम्मा गरि पानी कम हुने मौसममा भारतलाई पानी दिइने गरि नयाँ सम्झौता गरिनु पर्दछ ।

यी शर्तहरु वारे नेपालमा राष्ट्रिय सहमति वनाउने जिम्मा लिएर कमल थापा फर्केको वताइन्छ । यी शर्तहरु पूरा नभए सम्म भने नेपालले मुखले होइन नाकले खान वाध्य हुनु पर्ने भएकोछ । किनभने रक्सौल नाका नखोल्नु भनेको मुखले खान नदिने भारतीय दादागिरी हो, जहाँवाट नेपाललाई चाहिने ७० प्रतिशत इन्धन आउने गर्दछ ।
मोदीका शर्तहरु राष्टघाती खालका छन् भन्ने प्रष्ट छ । आगामी दिनमा नयाँ सरकार र ठुला दलका नेताहरुले के गर्नेछन् , प्रतीक्षाको विषय वनेको छ । - नेपालसन्देस




No comments

Powered by Blogger.