विद्या भण्डारी राष्ट्रपति भएपछि सबैभन्दा खुशी को भयो ? हेर्नुहोस्
काठमाडौं, कात्तिक ११ । नेकपा एमाले उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपति निर्वाचित भएकी छन् । बुधबार दिउँसो संसदमा राष्ट्रपतिका लागि भएकाे मतदानमा ३ सय २७ मत ल्याएर भण्डारी नेपालकाे पहिलाे महिला राष्टपति बन्न सफल भइन् । खासगरी, पति मदन भण्डारीको निधनपछि राजनीतिमा सक्रिय भएकी भण्डारीको राजनीतिक लक्ष्य पार्टी अध्यक्ष र प्रधानमन्त्रीसम्म थियो । त्यही लक्ष्यअनुसार पार्टीमा उनले आफ्नो प्रभाव क्षेत्र विस्तार गरिहेकी थिइन् ।
तर, विद्या भण्डारीले राष्ट्रपतिको सपना देखेको एक महिना पनि पुरा हुन पाएको छैन । एमाले अध्यक्ष केपी ओली कांग्रेसको उम्मेदवारलाई पराजित गरेर प्रधानमन्त्री निर्वाचित भएपछि राजनीतिक समिकरण यसरी बदलियो कि राष्ट्रपति पद पनि एमालेकै पोल्टामा पर्यो । त्यो पनि विद्या भण्डारीको भागमा । उनी राष्ट्रपति निर्वाचित भएर नेपाली राजनीतिमा पहिलो महिला राष्ट्रपतिको हैसियतमा एउटा इतिहास निर्माण गरेकी छिन् । भण्डारी राष्ट्रपतिको उम्मेदवार भएसँगै एमालेभित्र नेतृत्वको नयाँ बहस सुरु भएको छ । पार्टीमा चौथौं तहमा रहेकी भण्डारी राष्ट्रपति बन्नेपछि एमालेमा महत्वपूर्ण पदको दावीका लागि धेरैको बाटो खुलेको छ ।
भण्डारी राष्ट्रपति बनेसँगै एमालेभित्रको एउटा उपगुट पनि विघटन हुनेछ । पार्टी अध्यक्ष केपी ओलीसँग निकट मानिएकी भण्डारी केपी पछिको पार्टी अध्यक्षको उम्मेद्वारको रुपमा प्रस्तुत हुँदै आएकी थिइन् । कतिपय महत्वपूर्ण जिम्मेवारीहरु ओलीले उनैलाई सुम्पिने गरेका थिए । यी घटनाले पुष्टि गर्दथ्योकी केपीले विद्यालाई आगामी अध्यक्षको रुपमा अघि सार्दै थिए । अब, एमालेमा आगामी अध्यक्षको रुपमा दुई मुख्य नेताहरु देखिएका छन् । आगामी दिनमा ईश्वर पोखरेल र माधव नेपाल अध्यक्षको आकांक्षिको रुपमा प्रस्तुत हुनेछन् ।
भण्डारी राष्ट्रपति बनेपछि एमालेभित्र उनीबाहेक अर्को कोही त्यत्तिकै खुसी भएको छ भने ती हुन् ईश्वर पोखरेल । पार्टी राजनीतिमा भण्डारी जति सक्रिय थिइन पोखरेललाई त्यति नै डर थियो । किनकी, अध्यक्षले पत्याएको र निकटको सूचीमा ईश्वर भन्दा अगाडि थिइन् भण्डारी । यसकारण पनि पोखरेल भण्डारीसँग सधैँ डराइरहे । यही कारण पनि पोखरेल अब पार्टी अध्यक्षका लागि केपीको लाईनबाट निर्विकल्प नेता बनेका छन् ।
यसरी, केपी ओलीको लाइनमा पर्नु र भण्डारीको विदाई हुनु दुवै कुराहरु पोखरेलका लागि उत्कट खुशीका कुरा हुन् । अर्कोतर्फ, तीनपटक पार्टी प्रमुख बनिसकेका माधव नेपाल अघिल्लो पुस्ताका नेता हुन् । यसअघि उनी पार्टी अध्यक्षका लागि केपी ओलीसँगको प्रतिस्पर्धामा पराजित भएका छन् । यही कारण आगामी अधिवेशनबाट जसरी पनि पार्टी नेतृत्व लिने ध्याउन्नमा छन नेपाल । तर, केपी ओली, वामदेव गौतम, झलनाथ खनाल र माधव नेपाल पार्टीभित्र एउटै पुस्ताका नेता भएकाले पनि नयाँ पुस्ताको नेताको खोजीबारे नयाँ बहस सुरु भएको हो । एमालेले लागू गरेको उमेर हदको कारण अब वामदेव गौतम नेतृत्व आउन पाउदैनन् । यी तीनै जना नेतापछिका नयाँ पिंढीका अग्र नेता ईश्वर नै हुन् ।
यद्यपी, ईश्वर पोखरेले केपी लाईनको पक्का नेता बन्न धेरै दौडधुप गरेका छन् । पार्टीमा अहिले महासचिव रहेका पोखरेल संगठन विभाग प्रमुख पनि हुन् । तसर्थ, उनले अबको दिनमा आफूमा रहेको जिम्मेवारीलाई पार्टी नेतृत्वमा पुग्नेगरी प्रयोग गर्ने धेरैको विश्लेषण छ ।

No comments