लौ भारतले रक्सौल नाकामा ४८ घण्टाका लागि शिल गर्यो !! किन ?
नेपाल–भारतबीच पर्ने रक्सौल नाका आजदेखि ४८ घन्टाका लागि सिल गरिएको छ । विहारमा जारी विधानसभा निर्वाचनअन्तर्गत चौथो चरणको मतदानमा हुनसक्ने सम्भावित आपराधिक घटना हुन नदिने उद्देश्यका साथ भारतीय पक्षले नाका सिल गरेको बताइएको छ । विहार राज्यको मोतिहारी, मुजफ्फरपुर, सीतामढी, बेतिया र बगहालगायत ४९ सिटका लागि आइतबार मतदान हुनेछ । मतदान सम्पन्न भएपछि सोमबार बिहानैदेखि सीमालाई सञ्चालन गरिने भारतीय सुरक्षाकर्मीले जनाएका छन् ।
रक्सौल नाका सिल भएपछि पैदल यात्रीबाहेकलाई आवतजावतमा रोक लगाउनुका साथै सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । यसैबीच, विहारको निर्वाचनलाई दृष्टिगत गर्दै वीरगन्ज भन्सारको बेरियरसमेत खसाइएको छ । विहारमा हुन लागेको चौथो चरणको मतदानका लागि बारा, पर्सा, रौतहट, सर्लाही, नवलपरासी जिल्लासँग जोडिएका भारतीय सम्पूर्ण नाकालाई समेत ४८ घन्टाका लागि सिल गरिएको भारतीय सुरक्षाकर्मीले जनाएका छन् । - नेपाल सन्देश

No comments