नेपालका २२ हजार निजामती कर्मचारीले भारतबाट पैसा लिने गरेको छ : बिजुक्छे
नेपाल सरकारका उच्च तहका २२ हजार निजामती कर्मचारीले भारतबाट पैसा लिने गरेको विषय खुसाला भएको छ । मंगलबार एक टेलिभिजनसँगको कुराकानीमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छले सो विषय खुलासा गरेका हुन् । सो कुराकानीमा अध्यक्ष बिजुक्छेले भने, ‘नेपाल सरकारबाट तलब खाएर पनि यहाँका अधिकृतदेखि विशिष्ठ श्रेणीका गरी २२ हजार निजामती कर्मचारीले भारतबाट पैसा खाइरहेका छन् । त्यही पैसाका कारण उनीहरुले भारतप्रति भक्तिभाव दर्शाउने काम भइरहेकोले अहिले नेपाली जनताले सास्ती भोगिरहेका छन् ।’
भक्तिभावकै कारण सरकारले भारतको नाकाबन्दीको प्रतिवाद गर्न नसकिरहेको र तिनै कर्मचारी निर्णायक स्थानमा रहेकाले चीनलगायत अन्य देशबाट इन्धन ल्याउन ढिलाई भइरहेको बिजुक्छेले बताए । नेपालको निजामतीमा व्यापक रुपमा रुपान्तरण आवश्यक रहेको बताउँदै अध्यक्ष बिजुक्छेले भारतकाे पैसा खाने कर्मचारीबाट देश आत्मनिर्भरताको बाटोमा जान नसक्ने ठाेकुवा गरे ।
त्यस्तै बिजुक्छले २०६५ मा मधेसमा नेपाल सरकारले बिना सुझबुझ नागरिकता बितरण गरेर गरेको गल्तीको परिणाम अहिले भोग्न परिरहेको बताए । नाकाबन्दीका साथै भारतले सीमांकनमा असन्तुष्ट रहेका प्रदर्शनकारीलाई नेपाल-भारतको सीमा क्षेत्र दस गजाजस्तो संवेदनशील स्थानमा पर्ने रक्सौल-बीरगन्ज सीमानामा बस्न सघाएर गम्भीर गल्ती गरेको बताए । तराईका भन्सार नाकामा इन्धन आपूर्ति गर्नमा अवरोध पुर्याउन खटिनेमा तराईका जनता नभई त्यहाँका जमिन्दार, भुँडीवाल सम्भ्रान्त वर्ग र सीमा पारिबाट पठाइएकाहरु मात्र रहेको दाबी समेत बिजुक्छेले गरेका छन् । स्रोत : अनलाइन डबली

No comments