Header Ads

अाखिर किन गए प्रचण्ड सुटुक्क सिन्धुपाल्चोक

काठमाडौ । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुटुक्क सिन्धुपाल्चोक गएका छन् । उनका साथमा पत्नि सीता, एमाओवादी नेता तथा वन तथा भू संरक्षण मन्त्री अग्नि सापकोटा सापकोटा, उनकी पत्नि, अंग रक्षक र केही कार्यकर्ताका साथ प्रचण्ड सिन्धुपाल्चोक गएका हुन्।

संविधान जारी, सरकारमा मन्त्री चयको प्रक्रिया सकिएपछि र तिहारको अवसरमा फ्रेसको लागि सुनकोसी नदी किनारमा रहेको इक्वेटर रिसोर्टमा रहेको स्रोतले बताएको छ । पछिल्लो पटक सरकार गठन, भारतले गरेको नाकाबन्दी र पार्टीकै वरिष्ठ नेता बाबुराम भट्टराईले पार्टी परित्याग गरेपछि दौडधुपमा व्यक्त रहेका प्रचण्ड आरामको लागि त्यहाँ पुगेको बताइएको छ । - नेपालसन्देश


No comments

Powered by Blogger.